भद्रपुर ।
झापा जिल्लाबाट करिव साढे ४ बर्षको अवधिमा दुई ४६ जना नेपाली नागरिकले नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय झापाका अनुसार २०७८ सालदेखि २०८३ कात्तिक १२ गतेसम्ममा २४६ जनाले नेपाली नागरिकता त्यागेका हुन् ।
गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्नेहरूको पछिल्लो विवरण प्रशासन कार्यालय झापाले उपलब्ध गराएको होे । जसमा १६२ पुरुष र ८४ जना महिला छन् ।
२०७८ मा ३ जना पुरुष र ३ जना महिला, २०७९ मा ८ जना पुरुष ३ जना महिला, २०८० मा ५९ जना पुरुष र २० जना महिलाले नागरिकता परित्याग गरेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।
यसैगरी प्रशासनले उपलब्ध गराएको तथ्याङ्क अनुसार २०८१ मा ५३ जना पुरुष र १८ जना महिला, २०८२ मा २५ पुरुष ४५ जना महिला र यस आर्थिक बर्ष २०८३ कात्तिक १२ गतेसम्ममा १९ पुरुष २० जना महिलाले नेपाली नागरिकता परित्याग गरेका छन् ।
प्रतिक्रिया 0