बिर्तामोड ।

साहित्य चौतारी बिर्तामोड झापाले नयाँ वर्ष २०७९ को शुभकामना आदानप्रदानसहित मासिक साँगीतिक काव्य सभा सम्पन्न गरेको छ ।

  संस्थाका अध्यक्ष हस्त परियारको अध्यक्षता तथा साहित्य चौतारी बिर्तामोड झापाद्वारा २०५८ सालमा सम्मानित स्रष्टा धनकुटे कान्छाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

   संस्थाका उपाध्यक्ष दिपक रायमाझीले स्वागत गरेको कार्यक्रममा साहित्य चौतारी बिर्तामोड झापाका पूर्व सचिव दिवंगत स्रष्टा एवम् पत्रकार डिकमान विरहीले रचना गरेको साहित्य चौतारीको स्वागत गीत साहित्य चौतारी बिर्तामोड झापाका संस्थापक तथा संरक्षक देवीभक्त श्रेष्ठ र सदस्य जीवनजगदिस धितालले गाएका थिए।

 साहित्य चौतारी बिर्तामोड झापाद्वारा सम्मानित स्रष्टा तथा निवर्तमान सचिव दिलिप घिमिरेले एकल रचना वाचन गरेको कार्यक्रममा निवर्तमान अध्यक्ष टंक काफ्ले विकल्पले साहित्य चौतारी बिर्तामोड झापाद्वारा सम्मानित स्रष्टा अग्रज पत्रकार नकुल काजीको व्यक्तित्व र कृतित्व बारे र प्रमुख अतिथि धनकुटे कान्छाले साहित्य चौतारी बिर्तामोड झापाद्वारा सम्मानित तथा अभिनन्दित स्रष्टा स्व। दान खालिङको व्यक्तित्व र कृतित्व बारे चर्चा गरेका थिए ।

  कार्यक्रममा २५ जनाभन्दा वढी स्रष्टाले प्रतियोगितात्मक रुपमा कविता, गजल, गीत प्रस्तुत गरेका थिए ।