हल्दीबारी । 

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि हल्दीबारी गाउँपालिका वडा नम्बर १ को वडाअध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट रत्नबहादुर अधिकारीसहित सदस्यहरुको सर्वसम्मत चयन गरी उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । 

कांग्रेसको वडा समितिले सर्वसम्मत निर्णय गरी गाउँ समितिमा पठाएको थियो ।  गाउँसमितिको बैठकको सिफारिसलाई  जिल्ला र प्रदेशले सर्वसम्मत् निर्णय गरेको  हल्दीबारी गाउँ समिति सभापति गंगाप्रसाद प्रसाईंले जानकारी दिए । 

काङ्ग्रेसले वडानम्बर–१ को खुल्ला सदस्यमा  लिलाबहादुर गुरुङ्ग (प्रकाश), रामबहादुर कार्की,  लिलामाया पाठक र गोमादेबि बाग्दसलाई उम्मेद्बार बनाएको छ ।