बिर्तामोड । 

बिर्तामोड वडा नम्बर–४ का गठबन्धनका उम्मेदवारहरु मत माग्न जम्बो टोलीसहित घरदैलोमा पुगेका छन् ।वडाध्यक्ष पदका उम्मेदवार कुलप्रसाद संग्रौलासहितको टोलीले आइतबार वडाको मेघाबारी टोल, कालिका टोल, मुनाल टोल लगायतका मतदातासँग घरदैलो गरेका छन् ।

विगतका बाँकी काम पूरा गर्न, संविधानको रक्षा गर्न र बिर्तामोड–४ लाई नमुना वडाको रुपमा विकास गर्न गठबन्धनका उम्मेदवारहरुलाई जिताउन उनीहरुले आग्रह गरे ।

गठबन्धनका उम्मेदवारहरुले टोलका करिब ४ सय घरपरिवारमा पुगेको बताएको छ । मतदाताको आश्वासनले उत्साह थपेको वडा सदस्य पदका उम्मेदवार गोपीकृष्ण अधिकारीले बताए । गठबन्धनको टोलीमा सहभागीहरुले मतदातालाई नमुना मतपत्र दिएर भोट हाल्ने तरिकापनि सिकाएको मेघाबारी टोलका अग्नि पाठकले जानकारी दिए ।

गठबन्धनको तर्फबाट बिर्तामोड ४ मा वडाध्यक्षमा कुलप्रसाद संग्रौला, महिला सदस्य सरिता मगर, दलित महिला सदस्य आशा परियार, वडा सदस्यहरु गोपीकृष्ण अधिकारी र राजु राजवंशी (सन्तोष) रहेका छन् ।