बिर्तामोड । 

नेकपा (एकीकृत समाजबादी) पार्टीले बिर्तामोड नगरमा उपमेयर पदका उम्मेद्वारीसहित  आइतवार (आज) बाट घरदैलो अभियान शुरु गरेको छ । 

एसले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बिर्तामोड नगर उपमेयर पदका उम्मेद्वार तीर्थ सिग्देलसहितका उम्मेद्वारसहित घरदैलो अभियान थालेको हो । 

एसले बिर्तामोड १ बाट केदारनाथ ओडारी, बिर्तामोड ४ बाट श्रीप्रसाद सिटौला र बिर्तामोड ८ बाट कृष्ण बिष्ट वडाअध्यक्षसहित नौजना सदस्यलाई उम्मेद्वार बनाएको छ । 

बिर्तामोड ४ बाट शुरु गरेको घरदैलो अभियान भोली(सोमवार) वडा नं. ६ र ९ र पर्सी (मंगलबार) बिर्तामोड १ मा गर्ने जनाइएको छ । 

करिव ३ दशकदेखि पत्रकारिता पेशामा क्रियाशील पत्रकार तीर्थ सिग्देल एक कुसल लेखक पनि हुन् । उनको उम्मेद्वारीलाई नगरबासीले बिशेष रुपमा हेरेका छन् ।