झापा ।
नेपाली कांग्रेसको भात्रु संगठन नेपाल तरुण दलको केन्द्रिय सदस्यमा झापाबाट सञ्जु भारती मनोनित भएको छन् । तरुण दलको केन्द्रिय समितिको बैठकले झापाबाट भारती र शेरोम कार्कीलाई केन्द्रिय समितिमा मनोनीत गरेको हो । एक सय १३ सदस्यीय केन्द्रिय समितिका मनोनीत भएकामा प्रत्येक जिल्लाबाट एकजना तथा दुई जना रहेका छन् ।
तरुण दलको केन्द्रिय सदस्यमा मनोनीत भारती बिभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएका छन् । उनी बिर्तामोड जेसीजको अध्यक्षमा रहेर समेत कार्य गरिसकेका एक कुशल सामाजिक ब्यक्तित्व हुन् ।
भारती बिर्तामोड जेसीज २०१८ का अध्यक्ष, पूर्वेली क्लवका पूर्व अध्यक्ष, मितेरी क्लवका संस्थाक अध्यक्ष साथै तरुण दलका झापा सदस्यमा रहेर कार्य सम्पादन गरिसकेका छन् ।
नेपाली कांग्रेस केन्द्रिय कार्य समितिको गत २०७८ चैत्र १५ गते बसेको बैठकको निर्णय अनुसार कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रिय परिचालन समितिको गत बैशाख २ गतेको निर्णय बमोजिम कांग्रेसको केन्द्रिय कार्यालयबाट प्राप्त गत बैशाख ४ गतेको परिपत्र अनुसार तरुण दलमा प्रत्यक जिल्लाबाट केन्द्रिय सदस्य मनोनीत गरिएको हो ।
आगामी बैशाख ३० गते हुने निर्वाचनमा कांग्रेस तथा गठबन्धनका रहेका अन्य दलसँग तालमेल गरेका उम्मेद्वारलाई बिजयी बनाउन सक्रिय रुपमा तरुण परिचालन गर्ने उदेश्यका साथ नेपाल तरुण दल केन्द्रिय समितिद्धारा तरुण परिचालन समिति गठन गरिएको जनाइएको छ ।


















