अर्जुनधारा ।
अर्जुनधारा नगरापालिकाका मेयर पदका आकांक्षी बलदेव गोम्देन तामाङले प्राबिधिक र प्रबिधिको अधित्तम प्रयोग गरेर अर्जुनधारामा कृषीमा क्रान्ति ल्याउने बताएका छन् ।
२ नम्बर वडामा आज आयोजित चुनावी घरदैलो तथा कोणसभालाई सम्बोधन गर्दै नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेदवार गोम्देनले कृषीको क्षेत्रमा प्रचुर सम्भावना भएको अर्जुनधारालाई कृषि क्रान्तिबाट समृद्ध बनाउन सकिने प्रर्याप्त आधारहरु रहेको बताएका हुन् ।
उनले आफु नेतृत्वको टीम विजयी भए पश्चात कृषी क्षेत्रमा देखिएको सिचाईको समस्यालाई पहिलो प्राथमिकता दिएर समाधान गर्ने बताए ।
निर्वाहमुखी कृषी प्रणालीलाई विस्थापीत गर्दै व्यवसायीक कृषीलाई जोड दिएर नगरपालिकाका हरेका कृषकहरुलाई स्थानीय सरकारले प्रबिधि मैत्री बनाउने आफुहरुको लक्ष्य रहेको उनले बताए ।
सम्बोधनका क्रममा नगर प्रमुख पदका उम्मेदवार गोम्देनले जनताले राखेको बिभिन्न समस्या तथा गुनासोहरुको हल गर्ने प्रतिबद्धता राखेका थिए ।


















