सुरुङ्गा ।
झापाको कनकाई नगरपालिकाबाट स्वतन्त्र पदबाट मेयरको उम्मेद्वार बनेका शेरबहादुर थापा ८६० मतले अग्र स्थानमा रहेका छन् ।
दिउँसो २ः३० बजेसम्म जम्मा ६ हजार ४ सय २१ मत गणना भएको छ । जेब्रा चिन्ह प्राप्त गरी उम्मेद्वार बनेका थापाले २७ ३६ मत प्राप्त गर्दा एमालेका तर्फबाट मेयर पदका उम्मेद्धार राजेन्द्रकुमार पोखरेलले १८७६ मत ल्याएका छन् भने कांग्रेसका तर्फबाट उम्मेद्वार बनेका रुद्रप्रसाद चिमरिया भने ८११ मात्र प्राप्त गरेका छन् ।
हलोका मेयर पदका उम्मेद्धार श्याम ओलीले २७४, साझा विवेकशीलका तराजु चिन्हका भीमप्रसाद अधिकारीले ५ मत र विप्लप माओवादीका देवीप्रसाद उप्रेतीले १ मत मात्र ल्याएका छन् ।


















