झापा । 

लामो समयदेखि गीत संगीतमा लागि परेका झापा सुरुङ्गाका सञ्चारकर्मी दीपक ओली मोफसलमै बसेर आफ्नो गीत संगीतलाई अघि वढाउँदै छन् । 

ओलीलाई  धेरैले गीतसंगीत भन्दा  चर्चित रेडियो कार्यक्रम खुल्लाका प्रस्तोता भनेर चिन्ने गरेका छन् । आर्थिक अवस्था कमजोर भएका मोफसलमा ओझेलमा रहेका गायन राम्रा प्रतिभाहरुलाई रेडियो कार्यक्रम खुल्ला मञ्चमा फाइनल राउन्डमा बिजेता हुन सफल प्रतिभालाई आफैले सम्पूर्ण खर्च ब्यहोरेर गीत रेकर्ड गर्न शुरु गरेका छन् ।

त्यसका लागि ओलीलाई  दमकमा रहेको काब्य रेकर्डसका असोक  थापाले साथ दिने गरेका छन् । दृस्ठिबिहिन धिरेन्द्र बिकलाई गायक बनाउदै छन् ।  दुई दर्जन गीत रेकर्डिङ गरिसकेका दीपकको  आधा दर्जन गीत युट्वमा हेर्न सकिन्छ । भर्खरै चर्चित गायिका अन्जु  पन्त सङ नब गायक गोपि लुङगेलि को युगल गीत रेकर्ड गरिएको छ १

नक्साल स्थित पर्पल स्टुडियोमा फनिन्द्र राईको  एरेन्जमा शब्द दीपक ओली कैलास कार्कीको रहेको छ । त्यस्तै संगीत दीपक ओलीको रहेको गीत निकै राम्रो बनेको अन्जु पन्तले बताइन् ।  प्रेम राई र मेलिना रार्इसंघको दीपकको शब्द संगीतमा ‘राम राम तिम्रो कसम ढाटे मरि जाउ’ गीत निकै चलेको थियो ।