झापा । 

बिगत एक दशकदेखि मोडलिङ्ग र अभिनयमा रमाउदै आएका मोडल तथा हास्य कलाकार समीर सुवेदीले ‘याद निष्ठुरीको’ बोलको गीतको म्युजिक भिडियो मार्फत कमब्याक गरेका छन्।

गितकार नयन अधिकारीको शब्दमा गायन तथा संगीत भने राज सागरको रहेको छ । दिप घतानी र राजन इसानले गितलाई मिठास थप्ने काम गरेका छन् । उक्त भिडियो शुक्रवार एलबी प्रोडक्सन युटुव च्यानल मार्फत सार्वजनिक भएको छ।

भिडियोमा समीर सुवेदीसँगै टिकटकबाट चर्चामा आएकी निकै राम्रो अभिनय गर्ने चर्चित स्मारिका ढकाल, चर्चित हास्य कलाकार सुजन ढकाल र ज्ञान तामाङको अभिनय देख्न सकिन्छ । थिएटरबाट अभिनय र मोड्लिङ्ग सुरुवात गरेका सुबेदीले विभिन्न टेलीसिरियलमा समेत अभिनय गरेका छन्।

उनले राष्ट्रिय टेलिभिजनबाट प्रसारण हुने हास्य टेलि शृखला दोबाटेमा ‘चिबे बुढो’ पात्रबाट लामो समय अभिनय गरे । हास्य टेली सिरियल ‘हास्नु हुन्न है’ को लेखन तथा निर्देशन समेत गरेका समिर पत्रकारिता समेत गर्छन् ।

 यसअघि उनले मेलिना राईको स्वरमा दिपक ओलिको संगीतमा ‘राम राम तिम्रो कसम’ दर्शकले निकै रुचाइएका थिए । उनले आधा दर्जन गितका भिडियोमा अभिनय गरिसकेका छन् । पूर्वबाटै संघर्ष गर्दै गरेका समिरले निकै राम्रो अभिनय गरेर आफुलाई प्रमाणित गरेका छन ।

अवसर पाए निकै माथि पुग्ने संभावना देखिन्छ । स्मारिका ढकालले निकै राम्रो अभिनय गरेकी छिन् ।  विक्रम चौहानको परिकल्पना र निर्देशनमा बनेको भिडियो तारिफ योग्य बनेको छ अनुमान गर्न सकिन्छ । मायाँमा धोका पाएकाहरुले हेर्दा आँखाबाट आँशु रोक्न नसकिने कथामा म्युजिक भिडियो बनेको छ ।