बिर्तामोड ।

 संखुवासभाको खाँदबारीमा रहेको वरुण मल्टिपल कलेज प्रदेश स्तरीय सूर्योदय क्विज सिजन–६ को विजेता बनेको छ । जनता मल्टिपल कलेज इटहरीलाई पछि पार्दै वरुण मल्टिपल कलेज खादवारी क्विज च्याम्पियन बनेको हो । 

फाइनलमा वरुण र जनता मल्टिपल कलेजबिच ट्राइबे्रकरपछि वरुण मल्टिपल कलेजले उपाधी हात पारेको हो ।  सूर्योदय टेलिभिजनका अध्यक्ष मनोज उप्रेतीको अध्यक्षतामा सम्पन्न फाइनल कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पबित्रा महतारा प्रसाईँको रहेकी थिइन् । 

प्रतियोगितामा जनता मल्टिपल कलेज इटहरी दोश्रो, दमकको मोडल क्याम्पस तेश्रो भएका छन् । फाइनलमा कनकाई मल्टिपल कलेज सुरुंगा झापा र इटहरीको कोशी सेन्टजेम्स पनि पुगेका थिए । 

फाइनल राउन्ड सूर्योदय टेलिभिजनबाट जेठ २७ गते शुक्रबार राति ८ः ३० बजे प्रसारण भएको थियो ।  लिग राउण्ड, सेमिफाइनल राउण्ड हँुदै प्रदेश १ भरीका एक सय भन्दा बढी बिद्यालय तथा कलेजमध्ये बाट ५ उत्कृष्टले फाइनलसम्मको यात्रा तय गरेका थिए । 

पहिलो, दोस्रो र तेश्रो हुनेलाई क्रमशः ५० हजार, २५ हजार र १५ हजार नगदसहित प्रमाण पत्र र मायाको चिनो प्रदान गरिएको थियो ।