झापा । 

गायिका तारा दुलाल र  गायक राजेश पायल राईको जादुमय स्वरमा सजिएको ‘छुक्क छुक्क’ बोलको गीत असार १ गते सार्वजनिक हुने भएको छ । असार १ गते औपचारिक रुपमा गित र म्युजिक भिडियो तारा दुलाल युट्युब च्यानल मार्फत रिलिज हुने जनाइएको छ ।

चर्चित संगीतकार तोरेम्पा हाङको संगीत, जय राम राईको शब्द रहेको गीतमा कलाकार, नायक तथा मोडेल पुष्प खड्का र नबोदित मोडेल अनुजा लेप्चाको उत्कृष्ट अभिनय रहेको भिडियो सार्वजनिक हुने भएको हो । 

 प्रदेश न १ का चलचित्र कलाकर्मी संघका अध्यक्ष केबल तामाङद्वारा निर्देशीत गीतको क्यामेरामेन सुमन तामाङले छायङ्कन गरेका छन् । सौरभ तामाङको कोरियोग्राफी रहेको  गित ‘छुक्क छुक्क’ म्युजिक भिडियो निर्माण सम्पन भएको निर्माण टोलीले जनाएको छ ।