बिर्तामोड । 

गायिका तारा दुलाल र  गायक राजेश पायल राईको स्वरमा रहेको म्युजिक भिडियो गीत सार्वजनिक भएको छ । झापाकी गायिक दुलाल र राईको  ‘छुक्क छुक्क’ बोलको गीत शनिवार (आज) युट्व मार्फत सार्वजनिक भएको हो । गीत असार १ गते सार्वजनिक हुने भनिएपनि प्राविधिक कारणले रोकिएको थियो र आज बिर्तामोडमा विमोचन गर्दै गीत सार्वजनिक गरिएको हो ।

बिर्तामोडमा नेपाल चलचित्रकर्मी संघको आयोजनामा भएको चलचित्रकर्मी बिषयक अन्तरक्रिया कार्यक्रममा बिर्तामोड नगरपालिकाकी नगर प्रमुख तथा कार्यक्रमकी प्रमुख अतिथि पवित्रा महतरा प्रसाई र चलचित्रकर्मी संघ प्रदेश नं. १ का अध्यक्ष केबल तामाङले छुक्क छुक्क गीतको विमोचन गरिएको बासु दुलालले जानकारी दिए । औपचारिक रुपमा गित र म्युजिक भिडियो तारा दुलाल युट्युब च्यानल मार्फत रिलिज भएको जनाइएको छ ।

चर्चित संगीतकार तोरेम्पा हाङको संगीत, जय राम राईको शब्द रहेको गीतमा कलाकार, नायक तथा मोडेल पुष्प खड्का र नबोदित मोडेल अनुजा लेप्चाको उत्कृष्ट अभिनय रहेको भिडियो सार्वजनिक भएको हो । 

 प्रदेश न १ का चलचित्र कलाकर्मी संघका अध्यक्ष केबल तामाङद्वारा निर्देशीत गीतको क्यामेरामेन सुमन तामाङले छायङ्कन गरेका छन् । सौरभ तामाङले गीतको कोरियोग्राफी गरिएको निर्माण टोलीले जनाएको छ । 

basu