झापा । 

फोटो पत्रकार महासंघ प्रदेश १ को अध्यक्षमा मोरङका देवराज पौडेल निर्वाचित भएका छन्। कोशि टप्पुमा आयोजित ३ दिने तालिमसहितको प्रदेश अधिबेशनबाट पौडेल नयाँ कार्यसमिति चयन भएको हो।

प्रदेश समिति उपाध्यक्षमा झापाका विनोद पाण्डे, मोरङकि अप्सरा समाल र महासचिवमा मोरङका कमल रिमाल निर्वाचित भएका छन्। सचिवमा धनकुटाका रमेशचन्द्र अधिकारी  र कोषाध्यक्षमा मोरङकि सुशीला पाठक निर्वाचित भएका छन्।अधिबेशनको आइतबार प्रदेश १ का यातायात व्यवस्था तथा संचार मन्त्री उपेन्द्रप्रासद अधिकारीले फोटोपत्रकारको फोटो खिचेर उद्घाटन गरेका थिए।

मन्त्री घिमिरेले फोटोपत्रकारले सम्पदा,जैविक विविधता र समाजको फोटो खिचेर यथार्थ प्रस्तुत गर्नुपर्नेमा जोड दिएका थिए। उनले आम संचारकर्मि र संचारमाध्यमको हकहितका लागि मन्त्रालय सधैं तत्पर रहेको समेत उल्लेख गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष लिला वल्लभ घिमिरेले पत्रकारहरु व्यवसायिक र प्राविधिक रुपमा सबल बन्न आवश्यक रहेको बताएका थिए। प्रविधिमा आएको परिवर्तनलाई आत्मसात गर्दै अघि बढ्न सके समाचारमा समेत गुणस्तरीयता आउने उनको भनाई थियो।

अधिवेशन लगत्तै बसेको कार्यसमितिको पहिलो बैठकले सल्लाहकारमा मोरङेलि पत्रकार मोहन ढकाल, नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष लिलावल्लभ घिमिरे र पत्रकार महासंघ मोरङका अध्यक्ष सन्जिव खनाललाई चयन गरेको छ।

दोश्रो पटक निर्वाचित भएका प्रदेश अध्यक्ष देवराज पौडेलले  फोटो पत्रकारको स्तरोन्नतिका लागि  सहुलियत ऋण र बिमाका कार्यक्रमलाई आफुले प्राथमिकता राखेको बताएका थिए। अधिवेशन पुर्व संचालित प्रशिक्षणमा बिसप ताम्राकार र केन्द्रिय अध्यक्ष ध्रुव आलेले सहभागिहरुलाई सहजीकरण गराएका थिए। कार्यक्रममा प्रदेश १ का १३ जिल्लाका ६५ जना फोटोपत्रकारको सहभागिता थियो।