हल्दिबारी । 

झापाको हल्दिवारी –४ मा नेपाली कांग्रेस वडा नम्बर–४ र नेपाल महिला संघले संयुक्त रुपमा खिर दिवस मनाएका छन् ।  नेपालीहरुले प्रत्येक बर्ष साउन १५ गतेलाई खीर दिवसको रुपमा हर्षोल्लासका साथ खिर खाएर मनाउने गरेका छन् । 

सोही अनुरुप नेपाली कांग्रेस वडा नम्बर–४ र नेपाल महिला संघले करिब दुई सय भन्दाबढी महिला सकृय सदस्य, कार्यकर्ता तथा पदाधिकारीहरुको उपस्थितिमा खीर दिवस तथा मिलन समारोहको आयोजना गगरेका थिए।

नेपाल महिला संघ हल्दिबारी वडानम्बर–४ की सभापति तेजकुमारी बास्कोटाको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रिय महाधिवेशन प्रतिनिधि बडाराम हेमरमको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा हल्दिबारी कार्यसमितिका सभापति गंगा प्रसाईं, वडा नम्बर २ का सभापति भिम फ्याक, पूर्व संगठन प्रमुख श्री प्रसाद बार्हकोटी, वडानम्बर–४ का सभापति भवानीप्रसाद पराजुलीसहित पदाधिकारीको उपस्थितिमा नाचगान गर्दै खीर ग्रहण गरेर मनाइएको थियो ।