बिर्तामोड । 

नेपाली फिल्म ‘माइकल अधिकारी’ भदौ ३ गतेदेखि देशभरका सिनेमा हलहरुमा प्रदर्शनमा आउने भएको छ । फिल्म ‘माइकल अधिकारी’ को टिमले शनिवार (आज) बिर्तामोडमा पत्रकार भेटघाट गर्दै आगामी भदौ ३ गते कृष्णजन्माष्टमीको अवसर पारेर प्रदर्शनमा ल्याउन लागेको जनाएको हो ।

उक्त फिल्म देशभरका एकसय बढी हलहरुबाट एकै साथ प्रदेर्शनमा आउने अभिनेता सौगात मल्लले जानकारी दिए । उनका अनुसार फिल्म समाजमा घटिरेका घटनाहरुमा आधारित रहेको छ । 

रञ्जित रौनियार निर्देशक रहेको फिल्म माइकल अधिकारीका निर्माता निरक पौडेल र अभिनेता सौगात मल्ल आज फिल्मको प्रचारप्रसारका लागि बिर्तामोड आएका हुन् । फिल्म मनोरञ्जानात्मक रहेको बताउँदै सवै परिवार साथमा बसेर हेर्न मिल्ने अभिनेता मल्लले बताए । 

झापा र इलामका बिभिन्न स्थानमा छायङ्कन गरिएको फिल्म माइकल अधिकारी २ घण्टा ४ मिनेटको रहेको बताउँदै एक करोडको लगानीमा निर्माण भएको फिल्मका निर्माता पौडेलले जानकारी दिए । 

फिल्ममा अभिनेता सौगात मल्ल, सृष्टि श्रेष्ठ, आसन्त शर्मा, लुनिभा तुलाधार, अन्नि कुनुवार, हेमन्त बुढाथोकी, बिद्या कार्कीलगायतका कलाकारहरुको अभिनय रहेको छ । 

सृष्टि श्रेष्ठ र सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म माइकल अधिकारीलाई गोपीकृष्ण मुभिजले निर्माण गरेको हो । फिल्ममा झापाका कलाकारहरुको पनि भूमिका रहेको छ ।