बिर्तामोड । 

प्रेस सेन्टर नेपाल झापाद्धारा स्थापित देवकुमार आचार्य डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट झापाका तीनजना पत्रकारलाई पुरस्कृत गरिएको छ । 

सेन्टरले बुधवार (आज) बिर्तामोडस्थित गौरीशंकर स्मृति प्रतिष्ठानमा पुरस्कार बितरण समारोहको आयोजना गरी पत्रकार जीएन शर्मा, राजु पाठक र लीलाराज खड्का (झापाली) लाई पुरस्कृत गरेको हो । 

पत्रकार शर्मालाई डी.कौडिन्य स्मृति पत्रकारिता पुरस्कार २०७७, पत्रकार पाठकलाई डी.कौडिन्य स्मृति पत्रकारिता पुरस्कार २०७८ र पत्रकार झापालीलाई डी.कौडिन्य स्मृति पत्रकारिता पुरस्कार २०७९ बाट जनही नगद २१ हजारसहित सम्मान गरिएको हो । 

सम्मानीत ब्यक्तित्वलाई प्रमुख अतिथि, नेकपा (माओवादी केन्द्र) स्थायी कमिटी सदस्य तथा पूर्व सञ्चारमन्त्री माननीय राम कार्की, बिशेष अतिथि, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा प्रदेश १ का कृषि मन्त्री झलकसिंह दर्लामी, विशेष अतिथि प्रेस सेन्टर नेपालका केन्द्रिय अध्यक्ष बिष्णु सापकोटा (जुगल) ले सम्मान गरेका थिए । 

प्रेस सेन्टर नेपाल झापाका अध्यक्ष झुलन रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा कार्कीको प्रमुख आतिथ्य रहेको थियो ।  प्रेस सेन्टरका केन्द्रिय सचिव तथा पुरस्कार छनौट समितिका संयोजक बिमल लामिछाने कार्यक्रमको उदेश्यको वारेमा स्पष्ट पार्दै डी. कौडिन्यको संक्षिप्त परिचय  गराएका थिए ।  

कार्यक्रमका प्रमुख अतिथि कार्की बिशेष अतिथि सेन्टरका केन्द्रिय अध्यक्ष जुगल, बिशेष अतिथि दर्लामी, नेकपा माओवादी केन्द्र झापा अध्यक्ष राजु आचार्य (अग्नि), नेपाल पत्रकार महासंघ झापा शाखा उपाध्यक्ष केशव भट्टराई, सहिद डी. कौडिन्यका धर्मपत्नी यमुना आचार्य, पुरस्कृत ब्यक्तित्वहरुको तर्फबाट जिएन शर्मालगायतले शुभकामना मन्तब्य राखेका थिए । 

स्वागत प्रेस सेन्टर नेपाल झापा उपाध्यक्ष पार्थ मण्डलले गरेको कार्यक्रममा प्रेस सेन्टरका केन्द्रिय उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघ प्रदेश महासचिव बिबेक गौतम,  नेकपा माओवादी केन्द्र झापा जिल्ला सहइन्चार्जहरु सिपी कडरिया, ज्योतिसिं दर्लामी, प्रदेश सदस्यहरु कुबेर श्रेष्ठ, बासु दुलाल, सहकारी संघका प्रदेश सचिव भवानी दंगाल,  उपमहासचिव राजन केडी, प्रेस युनियनका केन्द्रिय सचिव रेजिना गौतम, प्रेस सेन्टर प्रदेश १ का अध्यक्ष बिबेक घिमिरे, मुख्य सचिव सुजन तिम्सिना, पत्रकार महासंघ प्रदेश १ का महासचिव बिबेक गौतम,  प्रेस चौतारी झापा अध्यक्ष प्रकाश पौडेल, नारी संचार गृह झापाकी अध्यक्ष भिमा शिवाकोटी, फोनिज झापा अध्यक्ष भुमिका लिम्बू, मिडिया नेपालका झापा अध्यक्ष रन्जित प्रसाईं, माओवादी केन्द्र बिर्तामोड नगर कमिटी अध्यक्ष मोहन सुब्बा, उपाध्यक्षहरु कमल कडरिया, जेबी जबेगु, सचिव गणेश कालिकोटे, अखिल (क्रान्तिकारी) झापा अध्यक्ष रञ्जन धमलालगायत  संचारकर्मी तथा नेताहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रममा सम्मानपत्र बाचन सेन्टरका झापा कोषाध्यक्ष पुष्प खड्काले गरेका थिए भने कार्यक्रमको सञ्चालन सेन्टरका सचिव उद्धव पुरीले गरेका थिए । आचार्यलाई २०५९ साल साउन ७ गते तत्कालिन शाही सेनाले पक्राउ गरि हत्या गरेको थियो ।