• राजु बराल 

चन्द्रगढी ।

झापाको भद्रपुर नगरपालिका वडा नम्बर ९ स्थित देवकोटा जेष्ठ नागरिक चौतारीको आयोजनामा सङ्गिनी तथा भजन गायन प्रतियोगिता सम्पन्न भएको छ ।

तीजको अवसरमा देवकोटा चोक स्थित मुना सामुदायिक भवनमा बिहीबार प्रतियोगिता सम्पन्न भएको हो ।एकता मुल कृषि समुहका अध्यक्ष हरी पराजुलीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा रुकमिणी ढकालको नेतृत्वको समूह प्रथम, जानुका पौडेल नेतृत्वको समूह दोस्रो र अप्सरा अधिकारी नेतृत्वको समूह तेस्रो भएको थियो । प्रतियोगितामा बिजयी समुहलार्इ कार्यक्रमका प्रमुख अतिथि पराजुलीले नगद पुरस्कार प्रदान गरेका थिए।

सोही कार्यक्रममा एकल नृत्य प्रस्तुत गर्ने कृतिका निरौलालार्इ प्रोत्साहन स्वरुप सान्त्वना पुरस्कार प्रदान गरिएको थियो ।देवकोटा जेष्ठ नागरिक चौतारीका अध्यक्ष खडगकृष्ण भट्टरार्इको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत कौशिल्या दाहाल र सञ्चालन खडगप्रसाद दाहालले गरेका थिए ।