झापा । 

नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजका अवसरमा  तीज सम्बन्धि गीतहरू बजारमा आउने क्रम वढेको छ । तीज आउनु एक÷दुई महिना अघिदेखिनै एकपछि अर्को गीत सार्वजनिक हुँदै आएका छन् ।

सोही क्रममा लोक दोहोरीमा फरक पहिचान बनाउन सफल गायिका सुमित्रा गौतमले पनि नयाँ तीज गीत लिएर आएकी छिन् । उनको स्वर रहेको तीज गीत ‘सम्झायो माईतीघर’ सार्वजनिक भएको छ । दुर्योधन बस्नेतको शब्द रहेको भिडियोमा सुरेस शाहिले संगीत दिएका छन् । 

गीतको भिडियोमा एलिना राईमाझी, सुरबिर पण्डित (दारी बा), विध्या कार्की, रामसिंह भाटको अभिनय रहेको छ । गितको ललित केसीले निर्देशन गरेका छन्  । उक्त गितको भिडियोलाई न्युज टुवान्टी फोर ग्यालेक्सीले पर्दामा ल्याएको हो । भिडियोलाई बिरेन्द्र भाटले सम्पादन गरेका छन् । 

भिडियो पनि