बिरानगर । 

इटहरी उप–महानगरपालिका–६ स्थित रहेको बजाज सोरुमले १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरलाई बिद्युतिय अटो टेम्पो प्रदान गरेको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रमको अवधारणा अनुरुप (शुक्रवार) आज सोरुमका प्रवन्धक प्रदिप सन्थालियाले चालकसहित ९ सिट क्षमता भएको एउटा बिद्युतिय अटो टेम्पो १ नम्वर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीलाई हस्तान्तरण गरेका हुन् । 

 प्रहरीलाई आवश्यक सहयोग गर्दै रहने कुरा सोरुले जनाएको छ। कार्यक्रममा प्रदेश प्रमुख गिरीले सोरुमका प्रबन्धक सन्थालियालाई बिशेष धन्यवाद दिदै उक्त बिधुतिय अटो टेम्पो बिशेष गरी आत्महत्या रोकथाम तथा न्युनिकरण अभियानको लागि प्रयोग गरिने साथै प्रहरी गस्ति पेट्रोलिङको लागि पनि परिचालन हुने बताए ।