सुरुङ्गा । 

झापाको कनकाई नगरपालिका –३ स्थित सुरुङ्गाकोे कनकाई बहुमुखी क्याम्पसले क्युएए प्रमाणपत्र प्राप्त गरेको छ । क्याम्पसले प्रमाण पत्र प्राप्त गरेसँगै अध्ययनरत बिद्यार्थीहरुले साँझ क्याम्पसमा दिप प्रज्वलन गरेका छन् । 

क्याम्पसका सबै संगठनका बिद्यार्थीले संयुक्त रुपमा दिप प्रज्वलन कार्यक्रम गरेका हुन् । कार्यक्रममा क्याम्पसका शिक्षक तथा कर्मचारी समेतको सहभागिता रहेको थियो ।क्याम्पसका शैक्षिक योजना तथा ब्यवस्थापन बिभागका सहायक प्राध्यापक चन्द्रविनोद कोइरालाले दिप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । 

कार्यक्रममा बिद्यार्थी अशोक पाठकले कनकाईले क्युएए प्राप्त गर्नु  ठुलो उपलब्धि भएको साथै बिद्यार्थीको लागि पनि गौरवको कुरा भएको बताएका छन् । अर्का बिद्यार्थी अनुप भण्डारीले बिद्यार्थी संघठनहरु अन्य विषयमा आ–आफ्ना  नारा, उदेश्य लिएर हिनेता पनि यो खुसियालीमा एकजुट भएर दिप प्रज्वलन गरिएको र क्याम्पसमा क्युएए प्राप्त गर्नका लागि पनि बिद्यार्थी संगठनहरुको अहम भुमिका रहेको बताए ।

कनकाई बहुमुखी क्याम्पसले क्युएए प्राप्तका लागि लामो संघर्ष गर्दै आएको र भर्खरै मात्र अनुदान आयोगबाट कनकाई बहुमुखी क्याम्पसले उक्त सर्टिफिकेट प्राप्त गरेको क्याम्पसका अध्यक्ष प्रेमप्रसाद चुडाल (प्रकाश) ले जानकारी दिए।

क्याम्पसले क्युएए सटिफिकेट प्राप्त गरेसँगै क्याम्पसका विद्यार्थीको सर्टिफिकेट अन्तराष्ट्रिय बजारमा उत्कृष्ट मुल्याङ्कन साथै क्याम्पसलमा शैक्षिक र भौतिक विकासका लागि विश्व अनुदान आयोगबाट समेत समेत सहयोग प्राप्त हुने कुरामा विश्वश्त रहेकोे  क्याम्पस प्रमुख बिकासकुमार उप्रेतीको भनाई छ।

उनले अविभावक, विद्यार्थी, व्यवस्थापन समिति, शिक्षक तथा कर्मचारी ,राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, संघ÷सस्थाका प्रमुख तथा प्रतिनिधि लगायत सबैको  लामो संघर्ष र ठुलो मेहनतले मात्रै यो सम्भव भएको बताए । 

क्याम्पसले क्युएए प्रमाणपत्र प्राप्त गरेपछि  आगामी शुक्रबार कार्यक्रमको आयोजना गर्न लागिएको क्याम्पस सहायक प्रमुख शेरबहादुर बानियाँले जानकारी दिए ।