हल्दीवारी । 

गाउँपालिका राष्ट्रिय महासंघ नेपालको आयोजनामा झापाको हल्दीवारी गाउँपालिकामा सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेश अन्तर्गतका १७ जिल्लाका बिभिन्न स्थानीय तहबाट प्रतिनिधित्व गर्दै अनुगमन भ्रमणमा आएका छन् । 

महासंघका केन्द्रीय कोषाध्यक्ष उमेशप्रसाद भट्ट र कार्यकारी निर्देशक राजेन्द्रप्रसाद प्याकुरेलसहित आएको अनुगमन तथा भ्रमण टोलीलाई हल्दीवारी गाउँपालिका अध्यक्ष रबिन्द्र लिङ्देन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, पालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन भट्टराई, कर्मचारी, जनप्रतिनिधिले स्वागत तथा धन्यवाद व्यक्त गरेका छन् । 

स्थानीय तहहरूबीच असल अभ्यास, अनुभव र उपलब्धिहरूको आदानप्रदान गर्ने उद्देश्यले हुन लागेको यस अवलोकन भ्रमणका क्रममा हल्दीबारी गाउँपालिकाले सञ्चालन गरेका विभिन्न प्रयास, विकास निर्माणका गतिविधि, सेवा प्रवाह तथा असल अभ्यासहरूका बारेमा जानकारी गराइदिएको पालिकाका योजना शाखा प्रमुख राजन न्यौपानेले जानकारी दिए । 

एक स्थानीय तहले गरेका सकारात्मक प्रयास र अनुभवबाट अर्को स्थानीय तहले सिक्ने तथा सिकेका कुरालाई आ–आफ्नो क्षेत्रमा कार्यान्वयन गर्ने यस्ता कार्यक्रमले स्थानीय सरकारहरूबीच आपसी सहकार्य, समन्वय र सिकाइको संस्कृतिलाई थप बलियो बनाउने विश्वास लिइएको छ ।