बुट्टाबारी । 

झापा अर्जुनधारा नगरपालिका वडा नम्बर ११ की दाहाल मेडिकल  सञ्चालक प्रकृति दहालले जन्मोत्सवको अवसरमा बालगृह तथा जुनकीरी प्राथमिक बिद्यालयलाई प्राथमिक उपचार सामग्री प्रदान गरेकी छिन । 

शनिश्चरे अस्पतालका डा. खेम  दहालकि जीवन साथी  दहाल मेडिकलकि सञ्चालक प्रकृतिले आफ्नो जन्मदिनमा सामाजिक उतरदायित्व कार्य अनुसार केक काटेर मनाउदै बालबालिकालाई अति आवश्यक स्वास्थ सामग्री बितरण गरेकी हुन् । 

 कारागारमा रहेका अभिभावकहरुका छोराछोरी र असहाय बालबालिका रहेका बन्दी सहायता नेपालद्वारा सञ्चालित मनमाया आमा, गङ्गा आमा, जगल गार्डेन ब्वाइज होम र जुनकीरी सामुदायिक प्राथमिक बिद्यालयका सयौं बालबालिकाहरुलार्इ एक बर्ष प्रयोग हुने गरि विभिन्न औसधी हस्तान्तरण गरेकी छिन् ।  

कार्यक्रममा सराहनीय कार्यप्रति शिक्षक, अम्बिका गुरुङ्ग, निर्मला लुइँटेल, अनुजा छेत्री, डा. खेम दहाल, तोयानाथ दाहाल सस्थापक जगतबहादुर मगर लगायतले शुभकामना मन्तब्य राखेका थिए । 

अभिभावक तीर्थबहादुर राईको अध्यक्षता र स्वागत शिक्षक गिता खरेल गरेको कार्यक्रमको सहजीकरण प्रधानाध्यापक रन्जित परियारले गरेका थिए ।