बिराटनगर ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरलाई १ नम्बर प्रदेश सरकारले मोटरसाईकल दिएको गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको अध्यक्षतामा आन्तरिक मामिला तथा कानून मन्त्रालयमा भएको कार्यक्रममा प्रमुख अतिथि १ नम्बर प्रदेशका मुख्य मन्त्री राजेन्द्रकुमार राईले प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीलाई बजाज कम्पनीको ६ वटा डोमिनार मोटर साईकल प्रदान गरेका हुन् ।

कार्यक्रममा प्रदेश प्रहरी प्रमुख गिरीले प्रदेश सरकारबाट प्राप्त भएको ६ वटा मोटरसाईल प्रदेश प्रहरी कार्यालयले ट्राफिक ब्यवस्थापन, सवारी दुर्घटना न्युनिकरण तथा भिआईपिहरुको स्कर्टिङको लागि प्रयोग गरिने बताए । प्रदेश सरकारबाट प्राप्त भएको उक्त मोटरसाईकल नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय इटहरी सुनसरीलाई उपलब्ध गराएको छ ।

कार्यक्रममा ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकुमार महतोले ट्राफिक ब्यबस्थापन तथा सवारी दुर्घटना न्युनिकरणका भावि योजनाहरु समेतको प्रस्तुतिकरण गरेका थिए।