सुरुङ्गा।

 नेपाली काङ्ग्रेसका सभापति देउकुमार थेबेले बिद्यालय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत झापाका १५ वटै पालिकाका धेरै बिद्यालयहरुलार्इ बजेटको ब्यवस्थापन गर्न पहल गरेको जानकारी दिएका छन् । 

कनकार्इ नगरपालिकामा आयोजित महिला संघ गठन कार्यक्रमलाई सभापति थेबेले कनकाई नगरपालिकाका पाँचवटा बिद्यालयलाई बजेट बिनियोजन गर्न पहलकदमी गरेको जानकारी दिएका हुन् । उनका अनुसार भृकुटी माबि कनकाई– ७ मा चारकोठे भवन निर्माणको लागि ४५ लाख , जनचेतना आधारभुत बिद्यालय कनपा –३ को २ कोठे भवन को लागि २२ लाख ५० हजार , जानकी आधारभूत बिद्यालय कनकाई– २ को  ४ कोठे भवनका लागि ४५ लाख , सरस्वती माबि कनकाई– ४ का लागि ६ लाख ५० हजार , पशुपति प्राबि कनकार्इ–१ को लागि ६ लाख ५० हजार रुपैयाँ बजेट बिनियोजन भएको जानकारी दिएका छन् ।

कार्यक्रममा महिला संघको कनकाई नगर कार्य समिति सर्बसम्मत रुपमा चयन भएको छ ।  समितिको सभापतिमा रेणुका मैनाली, उपसभापति कबिता श्रेष्ठ र सीता खड्का , सचिबमा संगीता भुजेल सह–सचिब सोनामणी हेमरम, रचना प्रसाईं र कोसाध्यक्षमा सरला तामाङसहित १८ सदस्यीय समिति सर्बसम्बत् रुपमा चयन भएको हो ।