बिर्तामोड । 

झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको निर्वाचनका लागि वैकल्पिक तथा सुसस्कृतिक राजनीतिक अभियन्ता समेत रहेका सन्तोष घिमिरेले उम्मेद्वारी घोषणा गरेका छन् । 

‘दीगो अर्थतन्त्र नै बलियो राष्ट्रियताको आधार’ नाराका साथ सोच, शैली र संस्कार बदलौं देश आफै बद्लिन्छ भन्दै घिमिरले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि स्वतन्त्र उम्मेद्वार घोषणा गरेका हुन् ।

घिमिरेले शुक्रवार बिर्तामोडमा पत्रकार भेटघाट गर्दै उम्मेद्वारी घोषणा गरेका हुन् । जकडिएर बसेको समस्याको समाधानमा ब्यवहारिक सन्तुलित तथा नविन सोचको परिकल्पनासहित उनले उम्मेद्वारी रहेको बताएका छन् । ‘देश बनाउने तपाई हामीले नै हो’ घिमिरेले भने ‘बिकल्प कुर्दै बस्ने होइन आफै बन्नुपर्छ ।’ 

घिमिरेले कुकुर पहरेदार, बफादार र इमान्दार भएकै कारण कुकुरको टाउँको चुनाव चिन्हका रुपमा रहने बताएका छन् । चुनाव चिन्ह जस्तै आफुले पनि कार्य गर्नेसमेत घिमिरेले प्रतिवद्धता जनाएका छन् । 

घिमिरेले देश ख्रोक्रो भइसकेको बताउँदै निर्वाचनपछि विचारको एकरुपताका लागि संगठित गर्ने गरेर अघि वढ्ने समेत बताएका छन् ।