बिर्तामोड । 

झापाको बिर्तामोडको सिटी सेन्टरले नेपालीहरुको महान पर्व वडादशैं, तिहार तथा छठलाई लक्षित गरी सामान खरिदमा पुरस्कार योजना ल्याएको छ । 

चार्डवाडलाई लक्षित गरी असोज १० देखि कार्तिक २१ गतेसम्म सिटी सेन्टरका कुनैपनि पसलबाट एकहजार रुपैयाँको सामाग्री  खरिद गर्दा कुपन प्रदान गर्ने र उक्त कुपनको आधारमा बम्पर उपहार अन्तरगत स्कुटी र सान्तवना पुरस्कार प्रदान गरिने जनाइएको छ । 

सिटी सेन्टरले आइतवार (आज) पत्रकार भेटघाट गरी एक हजार रुपैयाँको सामाग्री खरिदमा कुपन दिने र उक्त कुपनका आधारमा बम्पर तथा साप्ताहिक सान्तवना उपहार समेत प्रदान गरिने जानकारी दिएको हो ।

बडादशै तिहारको बडा अफर अन्तरगत सिटी सेन्टर भित्र रहेका कुनैपनि पसलबाट एकहजार रुपैयाँको सामान खरिद गर्दा एउटा कुपन प्रदान गरिने र साप्ताहिक लक्की ड्र मार्फत एकजनालाई इन्डक्शन स्टोभ, तीन जनालाई गिफ्ट हेम्पर अन्तरगत आइरन र तीन जनालाई भित्ते घडी गरी ६ जनालाई सान्तवना पुरस्कार प्रदान गरिने सेन्टरका सञ्चालक दिपेन्द्र राउतले जानकारी दिए । 

त्यस्तै सपिङ गरौं सिटी सेन्टरमा पुरस्कार पाऔं हजारमा भन्ने मुल नाराका साथ कार्तिक २१ गते लक्की ड्र मार्फत बम्पर उपहार अन्तरगत टिभिएसको स्कुटी एक जनालाई प्रदान गरिने उनले बताए । 

पत्रकार भेटघाटमा सिटी सेन्टरका अध्यक्ष जीपी पाण्डे, पाथिभरा अटो लिंकका सञ्चालक सजेश शिवाकोटी, सिटी सेन्टर सञ्चालक सदस्य सन्तोष थापा, जगदम्बा मोटर्सका तीथ रिजाललगायतको उपस्थिति रहेको थियो । 

city center