झापा । 

पाँचथरबाट स्वतन्त्र उम्मेद्वारी दिन लागेका एलबी पालुङ्वा शैक्षिक रुपमा योग्य र अब्बल युवा नेताका रुपमा परिचित रहेका छन् । जीवनको अन्तिम खालखण्डसम्म पनि पाँचथरे जनताको सेवामा लागिरहने बताउने युवा नेता पालुङ्वा आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्रबाट उम्मेद्वारी दिने बताउँछन् । ‘प्रदेश वा प्रतिनिधिसभामा उम्मेद्वार दिने भन्ने केही दिनमै फाइनल हुन्छ ।’ उनी भन्छन् । 

युवा नेता पालुङ्वा हाल पाँचथरका प्रत्येक सर्वसाधारणका घर–घरमा गएर उनीहरुको दुःख, सुखमा सरिक भइरहेका छन् । त्रिभूवन विश्व बिद्यालयबाट आदिवासी अर्थतन्त्रमा पिएडी सोधको अध्ययन तयारी गरेका उनले अर्थशास्त्रमा एमफिल अध्ययनका क्रममा विश्वविद्यालय अनुदान आयोग (UGC) बाट अर्थशास्त्रमा एमफिल अध्ययन गर्ने क्रममा योङ्ग फेलोशीप अनुसन्धान वृत्ति समेत प्राप्त गरेका थिए । साथै नेता पालुङ्वाले अंग्रेजी र अर्थशास्त्रमा एमए, बिए, बिबिएस, आईए र आईकम समेत अध्ययन गरिसकेका छन् । 

समाज सेवा र राजनीतिमा समय सांपेक्षित हालसम्म निरन्तरता दिदै आएका युवा नेता पालुङ्वाले बिश्वविद्यालय अनुदान आयोग (युजिसी) बाट  फिल योङ्ग फेलोशीप अनुसन्धान वृत्ति अर्थशास्त्र र लिम्बुवान अध्ययन केन्द्र (एलएससी) बाट अनुसन्धान वृत्ति प्राप्त गरर कार्य सम्पन्न गरिसकेको बताएका छन् । 

एसडी एण्ड सीवाईसीए संस्थाको संस्थापक अध्यक्ष भएर ७ वर्षसम्म जिम्मेवारी पूरा गरेका छन् भने हाल उक्त संस्था जनम स्मृति सामुदायिक संस्थामा रुपान्तरण भएको उनी बताउछन् । देशको राजनीतिक परिवर्तनका लागि युवा पन्सिने भन्दा पनि राजनीतिक गर्न अग्रसर भए मात्र परिवर्तन हुन सक्ने उनको भनाई रहेको छ । 

अध्ययनमा प्रथम श्रेणीले डाक्टर, इन्जिनियर र ब्युरोक्रेसीमा पहुँच राख्ने र दोस्रो श्रेणीले सधैं देश चलाउने विश्वब्यापी नियम भएको उनको बुझाई छ ।