झापा । 

झापाको बिर्तामोड–४ मा कार्यालय रहेको शब्दपत्र प्रकाशन प्रालिद्धारा प्रकाशन तथा प्रशारण हुँदै आएको अनलाइन पोर्टल शब्दपत्र डटकमले स्थापनाको दोस्रो बर्ष सफलता पूर्वक प्रवेश गरेको छ । 

बिशेष गरेर स्थानीय समाचारलाई प्राथमिकतामा राखेर प्रकाशन तथा प्रशारण हुँदै आएको अनलाइन पोर्टलले छोटो समयमा धेरैको मन जित्न सफल भएको छ । 

गत २०७८ को घटस्थापनाको अवसर पारेर सञ्चालनमा आएको शब्दपत्रको उद्घाटन नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले गरेका थिए । शब्दपत्र अनलाइनले हाल परिवर्तन हुँदै आएको डिजिटल पत्रकारिताका माध्यमबाट स्थानीय समाचारलाई पाठकसम्म पुर्याउने कार्य गरिरहेको सम्पादक तथा प्रकाशक उद्धव पुरी बताउँछन् ।

करिव १८ बर्ष धरानबाट प्रकाशन हुँदै आएको ब्लाष्ट टाइम्स दैनिकको बिर्तामोड कार्यालयमा कार्यसम्पादन गरिसकेका पुरी अवको पत्रकारिताका लागि हरेकले प्रबिधिसँग खेल्नु पर्ने र पाठकको मन जित्न सक्नु पर्ने बताउँछन् । सवै पाठक र बिज्ञापनदाताको साथ र सहयोगका कारण नै छोटो समयमा शब्दपत्र प्रकाशन प्रालि सवै समक्ष लोकप्रिय बन्न पुगेको सम्पादक तथा प्रकाशक पुरीले बताएका छन् । 

शब्दपत्र प्रकाशन प्रालिको सञ्चालकमा बालकृष्ण गिरी, पार्वता गिरी, तारा दुलाल, अर्जुन गिरी, शर्मिला पुरी, इशा पुरी, तीर्थराज भारती, इन्द्रमणि पौडेल रहेका छन् । त्यसैगरी काठमाडौं प्रतिनिधिमा नबिन पुरी र कृष्णप्रसाद पुरी, मोरङ प्रतिनिधिमा काजिलाल भारती र हल्दिबारी प्रतिनिधिमा सुदिप गिरी रहेका छन् भने कर्मचारीमा रिता पुरी रहेकी छिन् । शब्दपत्रको आफ्नै युट्ब च्यानल, फेसबुक पेज र टुवीटरबाट देश तथा बिदेशमा रहेका पाठक तथा शुभचितन्कले समाचार तथा समाचारमुलक भिडियो हेर्न र पढ्न सक्नेछन् ।