हल्दिबारी । 

झापाको हल्दिबारीको जलथल स्थित पाथिभरा सिंहकाली धार्मिक तथा पर्यटकिय बिकास क्षेत्रमा गत २०७९/०५/२६ गतेदेखि  असोज ८ गतेसम्म आयोजना गरेको  श्रीमद्भागवत तथा देवि भागवत महापुराणको खर्च सार्वजनिक गरेको छ।

  सोमबार(आज) पुराण व्यवस्थापन समितिका अध्यक्ष सिताराम कोइरालाको अध्यक्षतामा तथा वडा नं ०४ वडा सदस्य सुरेन्द्र बार्‍हकोटीको प्रमुख आतिथ्यतामा पुराणको आय ब्याय सार्वजनिक गरिएको हो ।

पुराणको आम्दानीतर्फ २ लाख ५६ हजार ५ सय ८३ रूपैयाँ सहयोग बापत प्राप्त भएको छ साथै १९जना आजिवन सदस्यताबाट ४० हजार ३ सय ६१ रूपैयाँ आम्दानी भएको जनाइएको छ। त्यस्तै  खर्चतर्फ पुराण सञ्चालन खर्च २ लाख २ हजार १ सय ६३ रूपैयाँ भएको छ। साथै मन्दिर परिसरमा हात्ती नियन्त्रणका लागि घेराबारा गर्दा १४ हजार ८४ रूपैयाँ खर्च भएको र पुराणबाट ८० हजार ६ सय ९७ रुपैयाँ बचत भएको छ। 

सोहि अबधिमा थप नयाँ अक्षयकोष समेत स्थापना भएको जनाएको छ । ४ जनाबाट अक्षयकोषको ७ हजार १ सय ६० र पुरानो कोषमा ७ जनाबाट १८ हजार ५ सय १५ रूपैयाँ थपिएको छ। 

प्रत्येक वर्ष  सोर्ह श्राद्धको अवसरमा यो धार्मिक क्षेत्रमा  पुराण आयोजना हुने गरेको छ। दाताहरूले जिन्सी समेत दिने प्रतिबद्धता जनाईएको समितिका कोषाध्यक्ष योगेश कार्कीले जानकारी गराएका थिए।