झापा । 

नेपाल प्रजातान्त्रिक पत्रकार संघको संयोजकमा झापाका पत्रकार शेखर सेडाई मनोनयन भएका छन् । नेपाली कांग्रेस बिपिको केन्द्रीय समितिको निर्णय अनुसार सेडाईलाई मनोनयन गरेको हो ।

पत्रकार सेडाई नेपालको प्रजातान्त्रिक आन्दोलनका युगद्रष्टा, राजनेता, प्रजातन्त्र र समाजवादका प्रवतर्क जननायक वी.पी. कोइरालाका विचारहरुलाई जनस्तरसम्म पुर्याउने उदेश्यका साथ स्थापना भएको नेपाल प्रजातान्त्रिक पत्रकार संघको संयोजकमा मनोनयन भएका हुन् । 

मनोनयन पत्रमा भनिएको छ ‘नेपाली कांग्रेस वी.पीको शुभेक्षुक संघ अन्तरगत नेपाल प्रजातान्त्रिक पत्रकार संघको संयोजकमा मनोनयन गरिएको छ । विधानको अधिनमा रहेर तोके अनुसारका सम्पूर्ण कार्यहरु गर्नु पर्नेछ ।’