• चन्द्र बस्नेत

सुरुङ्गा । 

झापाको कनकाई नगरपालिका वडा नम्बर १ मा बालमैत्री स्थानीय शासन वडा समिति गठन गरिएको छ । स्थानीय बालमैत्री शासन युक्त पालिका निर्माण गर्ने अभियान अन्तरगत सो समिति गठन गरिएको हो । वडाध्यक्ष सुशीलकुमार पोख्रेलको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरिएको हो ।

आज (मंगलबार) दुर्गापुर स्थित दलितसामुदायिक  भवनमा आयोजित एक कार्यक्रमका बिच बालमैत्री वडा निर्माण गर्ने प्रतिबद्धतासहित टोल बिकास संस्थाका प्रतिनिधि नगर स्तरीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न सघ सस्थाका प्रमुख तथा प्रतिनिधि, महिला समुहका प्रमुख तथा प्रतिनिधि, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी  एवम् केही अविभावकहरुको समेत उपस्थितिमा वडाध्यक्ष सुशीलकुमार पोख्रेलको अध्यक्षतामा समिति गठन गरिएको नगर बालकल्याण अधिकारी उमानाथ ढकालले जानकारी दिए ।

बिगत ४ बर्ष देखीको अभियानलाई सफल बनाउन टोल – टोलमा समिति गठन र परिचालन गर्न योजनासहित गतिविधि गर्न थालिएको  र यस कार्यलाई सफल बनाउन स्वयम  आफू आफ्नो घर परिवार, समाज हुँदै वडा र नगरमा समेत अभियान सन्चालन गर्दै अघि बढनु पर्नेमा  बाल संजाल नगर  अध्यक्ष अभिषेक मिश्रले जोड दिए ।  वडासदस्य निर्मला खड्काले संचालन गरेको कार्यक्रमको सहजीकरण दिपक पाण्डे र नगर बालकल्याण अधिकारी उमानाथ ढकाल,  बाल संजालनगर  पुर्व अध्यक्ष खेमनाथ चापागाईं लगायतले   बालमैत्री अभियानका बारेमा  आ–आफ्नो धारणा ब्यक्त गरेका थिए । 

समिति गठन गर्ने क्रममा यसअघि वडा न ४, ५ मा समिति गठन सप्पन्न भएको र आज वडा न १ मा पनि समिति गठन गरेसँगै भोलि वडा न ८ अन्तर्गत लक्ष्मीपुर र पर्सि  विहिबार वडा न ९ घैलाडुब्बामा समिति गठनको तयारी गरिएको नगर बालकल्याण अधिकारी  ढकालले जानकारी दिए ।