काँकडभिट्टा । 

झापा मेचीनगर नगरपालिका वडा नम्बर ६ स्थित मेचीपुल छेउबाट लागूऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउगरेको छ । पक्राउ पर्नेमा रामेछाप जिल्ला रामेछाप नगरपालिका वडा नम्बर ८ का ३० बर्षिय बिजय लामा रहेका छन् । 

 भारतबाट नेपालतर्फ पैदल आउँदैं गरेका लामालाई ब्राउन सुगरसहित इलाका प्रहरी कार्यालय काँकडभिट्टा लागूऔषध नियन्त्रण ब्युरोको प्रहरी टोलीले पक्राउ गरेको हो । 

लामाको साथबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ ७५ ग्राम, नेपाली रुपैयाँ १० हजार  र सामसुङ मोबाईल एउटासहित पक्राउ गरिएको हो । पक्राउ परेका लामालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।