झापा । 

झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ५ पाथिभरा टोलबाट लागू औषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईलाम माई नगरपालिका वडा नं. २ का २२ बर्षिय केबिन्द्र गोले, र सोही स्थानका २७ बर्षिय गोम्बु दोर्जे गोले त्यस्तै पाँचथर फाल्गुनन्द गाउँपालिका –५का ३२ बर्षिय सन्त लिम्बु रहेका छन् । 

लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले चेकजाँच गर्दाउनीहरुको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ १३ ग्राम फेला परेको थियो ।

उनीहरुलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।