शनिश्चरे ।

अर्जुनधारा नगरपालिका–९ कालीस्थान चोक नजिकै रहेको धार्मिक एवं पर्यटकीय क्षेत्र कालिका पीठ कालीस्थानमा नवनिर्मित जलाशय युक्त शिव प्रतिमाको बुधबार अनावरण गरिएको छ ।

विर्तामोडका प्रतिष्ठित ब्यवसायी एवं सामाजिक÷धार्मिक ब्यक्तित्व छविलदास वंशलले निर्माण गरेको पानीको फोहोरासहितको जलाशय युक्त शिवप्रतिमाको कार्यक्रमका प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका मेयर बलदेवसिंह गोम्देन, निर्माणकर्ता वंशल एवं पीठका अध्यक्ष ज्योतिषी पण्डित लक्ष्मीप्रसाद पोखरेलले संयुक्त रुपमा अनावरण गरेका हुन् । 

शिवप्रतिमा अनावरण कार्यक्रमका बीच निर्माणकर्ता छविलदास वंशललाई सम्मानपत्र, दोसल्ला र टोपी पहि¥याएर सम्मान गरिएको थियो । सम्मानपछि आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि गोम्देनले धर्मपालनाले मानिसलाई अनुशासित बनाउने र अनुशासनले  मात्रै ब्यक्तिलाई गन्तब्यसम्म पु¥याउने बताए ।

राजनीतिको नेतृत्व गर्ने ब्यक्तिहरुमा पनि धर्म र अनुशासनको कमी रहेको बताउँदै उनले  धर्मप्रति आस्थावान मानिसले नीतिगत एवं आर्थिक भ्रष्टाचार नगर्ने धारणा राखे । 

कार्यक्रममा कालिकापीठ कालीस्थानका प्राचार्य आचार्य रघुनाथ रिजाल, दानदाता परिवारका तर्फबाट सुरेश बंशल, अर्जुनधारा नगरपालिका वडा नं–९ का वडाध्यक्ष भिष्म मिश्र, वडा नं–१० का वडाध्यक्ष भुपेन्द्र न्यौपाने, लगायतले मन्तब्य राख्दै धर्मप्रतिको आस्था, विश्वास र श्रद्धाले मानिस सफल हुने विश्वास ब्यक्त गरे ।

कालिकापीठका अध्यक्ष ज्यो. पं. लक्ष्मीप्रसाद पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष डिल्लीराम दाहाल र सञ्चालन इन्दु पूर्वेलीले गरेको पीठका सचिव भोलानाथ पोखरेलले जानकारी दिए ।