बिर्तामोड । 

नेपाली कांग्रेस (विपी) जिल्ला कार्यसमिति झापाको कार्यालय बिर्तामोडमा स्थापना भएको छ ।बिर्तामोडको भद्रपुररोडमा स्थापना गरिएको नेपाली कांग्रेस (विपी) जिल्ला कार्यसमिति झापाको कार्यालयको उद्घाटन नेपाली कांग्रेस (विपी) का केन्द्रीय सभापति सुशिलमान शेरचनले गरेका हुन् । 

कार्यक्रममा प्रमुख अतिथि समेत शेरचनले कार्यालय उद्घाट गर्दै नेपाली कांग्रेस विपीको विचारबाट विचलित भई सत्ता र सम्पत्तिका लागि मात्रै केन्द्रित हुँदै अघि बढेकोले आफूहरुले विपीको विचारलाई स्थापित गर्ने मूल उद्देश्यका साथ नेपाली कांग्रेस (विपी) निर्माण गरेको बताए । 

पार्टीका तदर्थ समिति झापाका सभापति दुर्गाप्रसाद घिमिरेको सभापतित्व तथा केन्द्रीय सभापति सुशिलमान शेरचनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा झलेन्द्र ओलीले स्वागत गरेका थिए ।

कार्यक्रममा पार्टीकी वरिष्ठ उपसभापति रिता खनाल, केन्द्रीय सदस्य तथा झापा क्षेत्र नं. २ का उम्मेदवार नारायण भारती, नेपाल प्रजातान्त्रिक पत्रकार संघका संयोजक शेखर सेडाईलगायतले वीपीको विचारलाई स्थापित गर्नको लागि नेपाली कांग्रेस (विपी) निर्माण गरेको बताए । कार्यक्रमको सञ्चालन पार्टीका तदर्थ समिति झापाका सचिव भक्ति पनेरुले गरेका थिए ।