• राजु बराल 

भद्रपुर ।

झापाको भद्रपुर स्थित सिद्धार्थ शिशु सदनमा दशैको अवसर पारेर सांस्कृतिक कार्यक्रमसहित शुभकामना आदानप्रदानगरिएको छ ।सिद्धार्थ शिशु सदनमा कक्षा ११ र १२ का बिद्यार्थीहरुको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

सिद्धार्थ शिशु सदनका प्रबन्ध निर्देशक प्रकाश भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथि भण्डारी, प्रिन्सिपल श्याम देवान, शिक्षक राजु बराल तथा बिद्यार्थीका तर्फबाट दिपिका रेग्मी, सुप्रभा बजगाई, नुमा लिम्बू लगायतले शुभकामना मन्तब्य राखेका थिए । 

सोही अवसरमा कक्षा ११ र १२ का बिद्यार्थीहरुले सांस्कृतिक नृत्य तथा गीत प्रस्तुत गरेका थिए । बिद्यायालयका प्रिन्सिपल श्याम देवानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत कमला भण्डारी र सञ्चालन शिवानी लिम्बुले गरेका थिए ।