मोरङ ।

मोरङको उर्लाबारी नगरपालिका–१ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा  कटहरी गाउँपालिका–२ मोरङका ३५ बर्षीय उद्धब परियार रहेका छन् । आसिस समि नारायण साह जे.बी. कन्ट्रक्सन द्धारा निर्माणाधिन उर्लाबारी सामुदायिक खानेपानीको पानी ट्याङ्कीमा वेल्डिङ गर्ने क्रममा करेन्ट लाग्दा परियारको घटना स्थलमै मृत्यु भएको हो ।

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय उर्लाबारीले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्याले जानकारी दिएको छ ।