बिर्तामोड ।

नेपाली कांग्रेस झापाले आगामी मंसिर ४ गते  हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी थाल्न मातहतका निकायलाई निर्देशन दिएको छ ।

नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा जिल्ला कार्यसमितिका पदाधिकारी, सदस्य, क्षेत्रीय सभापति, प्रदेश क्षेत्रीय सभापति, गाउँ÷नगर सभापति एवं भातृ तथा शुभेच्छुक संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागितामा भएको बैठकले असोज १५ गते सबै क्षेत्र, प्रदेश क्षेत्र, गाउँ–नगरमा बैठक राखी निर्वाचनको तयारी थाल्न निर्देशन दिएको हो ।

आगामी असोज २३ गते प्रत्यक्ष निर्वाचनतर्फको उम्मेद्वार मनोनयन दर्ताका लागि गठबन्धन दलसँग छलफल एवं समन्वय गरेर आ–आफ्नो निर्वाचन क्षेत्रमा दलीय पहिचानसहित सहभागिता जनाउने तयारी गर्न निर्देशन दिने निर्णय गरेको सचिव कृष्ण हुमागाईले जानकारी दिए। त्यसैगरी निर्वाचन लक्षित कार्यक्रम तय गरेर गाउँ, नगर, वडा, टोलसम्म पु¥याउन बैठकले निर्देशन गर्ने निर्णय गरेको सचिव नवीन विमलीले जानकारी दिए ।

बैठकले नजिकिएको बडा दशैं २०७९, शुभ दिपावली (तिहार), छैठ पर्व एवं नेपाल संवतको शुभकामना ब्यक्त गर्ने निर्णय पनि गरेको छ ।