सुरुङ्गा । 

स्वतन्त्र नागरिक कार्य सम्पादन समुहले कनकाईमा कार्यालय स्थापना गरेको छ । समुहले कनकाई नगरपालिकास्थित नगरपालिकाको कार्यालय अगाडी सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ । 

शुक्रवार (आज) कार्यक्रमका प्रमुख अतिथि हरि उप्रेतीले कार्यालयको उद्घाटन गरेका हुन् । स्वतन्त्र नागरिक कार्य सम्पादन समुहका संयोजक शेरबहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा स्वागत दिनानाथ खतिवडाले गरेका थिए । 

कार्यक्रममा प्रमुख अतिथि हरि उप्रेती, बिशिष्ठ अतिथि युक्त भेटवाल, चन्द्रमोहन उप्रेती, समुहका वडा नम्बर ६ का अध्यक्ष मेदनी बिमलीलगायतले शुभकामना मन्तव्य राखेका थिए । सञ्चालन दीपक ओलीले गरेको कार्यक्रममा लक्ष्मी गुरुङ, पर्शुराम गिरी, समुहका वडा नम्बर १, ३, ४, ५, ६, ८ र ९ नम्बर वडाका अध्यक्ष, पदाधिकारी तथा सदस्यलगायतको उपस्थिति रहेको थियो । 

नगरको कार्यमा हुने ढिलासुस्तीलाई खवरदारी गर्ने उदेश्यले नगरकै अगाडी समुहको कार्यालय स्थापना गरिएको बक्ताहरुले बताएका छन् । 

त्यसैगरी गरी समुहले कार्यालय उद्घाटनपछि सुरुङ्गामा वडा दशैको शुभकामना आदानप्रदानसहित उम्मेद्वार घोषणा गरेको छ ।  स्वतन्त्र समुह झापा क्षेत्र नम्बर ४ बाट समुहका तर्फबाट प्रतिनिधिसभा निर्वाचनका लागि समुहका प्रदेश संयोजक युक्त भेटवाललाई उम्मेद्वार घोषणा गरेको हो । 

समुहले आगामी मंसिर ग् गते हुने प्रतिनिधिसभाका लागि भेटवाललाई उम्मेद्वार बनाएको हो । समुहका संयोजक शेरबहादुर थापाकै सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन दिनानाथ खतिवडाले गरेका थिए । 

swatantra