सुरुङ्गा । 

झापा जिल्लाभर रहेका बाल सञ्जालहरुलाई सञ्जालिकरण गरि वाल बालिकाहरुको हकहित साथै बालमैत्री जिल्ला निर्माण गर्ने उदेश्यले झापामा पहिलो पटक झापा बाल सञ्जाल गठन भएको छ । 

झापाको कनकाई नगरपालिकास्थित कार्यालयमा शुक्रबार (आज) झापा बाल सञ्जाल गठनसँगै वडादशैंको शुभकामना आदान–प्रदान कार्यक्रम भएको थियो ।

बाल सञ्चालको भेलाले अध्यक्षमा अभिशेक मिश्र, उपाध्यक्षमा भावना पोखरेल,  सचिवमा बिनोद थापा, सह–सचिवमा  निरन्जन मैनाली र कोषाध्यक्षमा लक्ष्मी गिरी चयन भएका छन् । 

त्यसैगरी सदस्यमा सितल अधिकारी, नबिना सुबेदी, मनिष बराल, सौगात घिमिरे, किस्मिका पपोखरेल, लेलिना गौतम, आराग्य तिम्सिना, रन्जना बस्नेत र मनिषकुमार साह चयन भएका छन् । 

तदर्थ समिति संयोजक अभिषेक मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालको प्रमुख आतिथ्य रहेको थियो भने उपप्रमुख शान्ता रोकाको बिशिष्ठ आतिथ्य रहेको थियो । 

स्वागत बाल सञ्जाल कमल गाउँपालिका अध्यक्ष बिनोद थापाले गरेको कार्यक्रमको सञ्चालन बाल सञ्जाल भद्रपुर नगर अध्यक्ष भावना पोखरेलले गरेकी थिइन् ।  कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पाखरेल, कनकाई नगर बालकल्याण अधिकारी उमानाथ ढकाल, इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख मानबहादुर जिम्वालगायतको उपस्थिति रहेको थियो । 

सोही कार्यक्रमकाबीच प्रमुख अतिथि बराल, बिशिष्ठ अतिथि रोका, कनकाई नगर बालकल्याण अधिकारी ढकालले बालबालिकालाई रातो टिका, जमरा लगाएर आशिर्वाद दिदै बडा दशैंको शुभकामना आदान–प्रदान गरिएको थियो । 

balsanjal