हल्दिबारी । 

नेपाली कांग्रेसको भात्रृ संगठन नेपाल शिक्षक संघ हल्दिबारीद्वारा नेपालीहरुको महान पर्व बडादशैं, शुभ दिपावली, छठ पर्व तथा नेपाल सम्बतको  अवसरमा शुभकामना आदान–प्रदानको कार्यक्रम भएको छ।

हल्दिबारी गाउपालिकाको वडा नम्बर–२ स्थित रेडक्रस भवनमा नेपाल शिक्षक संघ हल्दिबारी अध्यक्ष  कृष्णप्रसाद बनको अध्यक्षतामा भएको कार्यक्रममा युवा नेता, नेपाली कांग्रेस झापा जिल्ला सचिव नवीन बिमलीको प्रमुख आतिथ्यतामा रहेको थियो ।

त्यस्तै बिशिष्ठ अतिथिहरुमा नेपाल शिक्षक महासंघका अध्यक्ष  तोयानाथ दाहाल, नेपाल शिक्षक संघ झापाका अध्यक्ष नेत्र प्रसाद खरेलसहित भद्रपुर नगरपालीका नेपाल शिक्षक संघका अध्यक्ष  गणेश गिरी र बिर्तामोड नगरपालिकाका महासंघका अध्यक्ष युवराज कट्टेल रहेका थिए । 

 कार्यक्रममा नेपाली कांग्रेस केन्द्रिय महाधिवेशन प्रतिनिधिहरु बडराम हेमरम, कृष्ण प्रसाई र श्याम सिटौला, नेपाली कांग्रेस हल्दिबारी सभापति गंगाप्रसाद प्रसाई ,सचिव नितेश्वर शाह हलुवाई र तारा ढुंगेलसहित पाँचै वडाका सभापतिहरु क्रमश देबीबहादुर कटुवाल, भिम फ्याक लिम्बु, धनबहादुर सावा, भवानी पराजुली, विजय फागोलगायतको उपस्थित रहेको थियो ।

  कार्यक्रममा स्थानीय शिक्षक र शिक्षाप्रेमीसहित करिब १ सय ५५ जनाको उपस्थिति रहेको थियो। कार्यक्रममा नेताहरुले शुभकामना आदान–प्रदानसहित आ–आफ्नो भनाई प्रस्तुत गरेका थिए । कार्यक्रमको संञ्चालन सचिब नरनाथ राजबंशीले गरेका थिए।