झापा । 

नेपालीहरुको महानचाड बडादशैको पावन अवसरमा प्रगतिटोल युवा समाज, बुद्धशान्ती–२ झापाद्वारा आयोजित ‘स्टेण्ड अप कमेडी शो’ को बिजेता हल्दिबारी गाउँपालिकाका अभिषेक शाह बनेका छन् ।

दोश्रो र तेश्रो स्थान क्रमस सागर तिम्सिना र सुसन सुवेदीले हासिल गरेका छन् । बिजेताहरुलाई क्रमस नगर ५ हजार, ३ हजार र २ हजार रुपैयाँ पुरस्कारसहित ट्रफी र प्रमाणपत्र हस्तान्तरण गरिएको छ। 

आजको परिवेशमा यस्ता प्रतिस्पर्धाले युवा जगतमा रहेको कला र भविश्य निर्माण प्रकृयामा समेत उल्लेखनीय भुमिका खेल्ने सम्भावना रहेको भन्दै कार्यक्रमको आयोजना गरेको आयोजक समितिले जनाएको छ।

बुद्धशान्ति गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद खतिवडाको प्रमुख आतिथ्य तथा नन्दिकेशर घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै  प्रमुख अतिथि  खतिवडाले आज लागू औषध र बिकृतिमा होमिदै गर्दाको युवा जमातलाई  सुमार्गमा ल्याउन ब्यक्तिगत तथा सामाजिक बिकास प्रकृयामा ल्याउन यस्ता कार्यक्रमले अपरिहार्य भुमिका खेल्ने बताए । कार्यक्रमको सञ्चालन शरद घिमिरेले गरेका थिए।