झापा । 

झापा क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्य पदका लागि दुई युवाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । एमाले परित्याग गरका डम्बरबहादुर गिरी र योगेन्द्र खनालले स्वतन्त्र उम्मेद्वारी मनोनयन दर्तासँगै चुनावी घर दैलो र भेटघाटमा ब्यस्त रहेका छन् ।

डम्बर गिरी झापा ३ मा परिचित नाम हो उनी लामो समयदेखि नेकपा एमालेमा सक्रियताका साथ राजनीतिक गर्दै आएका थिए। विगत २०६२–६३ को जनआन्दोलनदेखि नै मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रको रुपमा रुपान्तरण गर्ने अभियानमा नेकपा एमालेमार्फत संगठित रहेका थिए।

नेकपा एमालेको साविक जलथल गाउँ कमिटी अध्यक्ष, क्षेत्रीय कमिटी क्षेत्र नं. ३ को अध्यक्ष, युवा संघ नेपाल झापाको अध्यक्ष हुँदै उनी नेकपा एमाले झापा जिल्ला कमिटी सचिवालय सदस्य एवंम् क्षेत्र नं. ३ को सचिव समेतको जिम्मेवारीमा रहेर काम गरेका ब्यक्ति हुन् । अघिल्लो पटकको स्थानीय चुनाबमा हल्दिबारी गाउँपालिकाका उपाध्यक्ष समेत भईसकेका गिरीले अहिले पार्टी  परित्याग गरि स्वतन्त्र उम्मेदवारी दिएका हुन् । 

अहिलेको राष्ट्रिय आवश्यकता आर्थिक सामाजिक रुपान्तरणको माध्यमबाट समाजवादका आधारहरु निर्माण गर्दै समृद्ध नेपाल सुखि नेपालीको राष्ट्रिय आंकाक्षालाई साकार पार्नका लागि र क्षेत्र नम्बर ३ को बिकास गर्नका लागि आफू योग्य सक्षम र समन्वय गर्न उम्मेदवारी दिएको बताउँछन् ।

त्यस्तै योगेन्द्र खनाल लामो समयदेखि राप्रपामा सक्रिय थिए । बिकृति, बिसङ्गती र भ्रष्टाचारका बिरूद्व डटेर आवाज उठाउने खनाल प्रखर बक्ता समेत हुन्। हिन्दुराज्य र राज संस्थाका पक्षमा बोल्ने उनी पछिल्लो समय निर्मलाको न्यायका लागि एमसीसीका बिरूद्व, नागरिकता बिधेयकका बिरूद्व आन्दोलन गरेका थिए। केही समय अगाडि राप्रपाबाट औपचारिक राजिनामा गरेका उनले स्वतन्त्र उम्मेदवारका रूपमा आफ्नो उम्मेदवारी दर्ता गरेका छन् ।

कृषि पेशामा आवद्व रहेका खनाल कृषि फर्मका सञ्चालक समेत हुन् । उनी कृषि पेशाको रूपान्तरण मार्फत क्षेत्र नम्बर ३ लाई कृषिको हबको रूपमा लैजाने योजना भएको र भ्रष्टाचार रहित समाज रूपान्तरणको लागि नमुना सांसद बन्ने योजना रहेको बताएका छन् । यी दुई नयाँ युवाहरूको उम्मेदवारीले गठबन्धनका पुराना उम्मेदवारहरूलाई धक्का पुग्ने त होईन त्यो कुर्न मंसिर ४ पछि देखिनेछ ।