हल्दिबारी ।
झापा क्षेत्र नम्बर ३ प्रतिनिधि सभाका लागि स्वतन्त्र उम्मेदवार योगेन्द्र खनालको लौरो चुनाब चिन्ह प्राप्त गरेका छन् । उनलाई बुधवार निर्वाचन अधिकृतको कार्यालयबाट लौरो चुनाब चिन्ह प्राप्त भएको बताएका छन् ।
चुनाब चिन्ह पाएसँगै घरदैलो अभियानमा तिब्रता दिएको खनालले बताए । ‘चुनाब चिन्ह पाईयो, उनले भने ‘अब चुनावी घरदैलोमा लागिन्छ ।’ लौरो चुनाब चिन्ह लोकप्रिय ब्रान्डको रूपमा बिगतको स्थानीय तहको चुनाब यता देखिएको छ। यस पटकको प्रतिनिधिसभा निर्वाचनका लागि खनाल एक नयाँ र शसक्त उम्मेदवार हुन् । उनी एउटा बिद्रोहि स्वभावका प्रखर बक्ता समेत हुन् ।
कृष्णप्रसाद सिटौला पटक–पटक सांसद बने सकेका छन् भने राजेन्द्र लिङ्देन पनि दुई पटक प्रतिस्पर्धा गरेसकेका ब्यक्ति हुन् ।


















