बिर्तामोड । 

झापा फुटबल क्लबको आयोजनामा आगामी कात्तिक ४ र ५ गते बिर्तामोडमा ‘झापा उत्सव २०७९’ हुने भएको छ । क्लबले आइतवार (आज) बिर्तामोडमा पत्रकार भेटघाटको आयोजना गरेर बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सांगीतिक कार्यक्रमसहित झापा उत्सव कार्यक्रमका बिषयमा जानकारी दिएको हो । 

कोरोना भाइरस महामारीका कारण लामो समयदेखि स्थगित हुँदै आएका  मनोरञ्जान्तमक कार्यक्रम अवस्था सहज बन्दै गएपछि साथै झापा फुटवलको सपोर्टका लागि कार्यक्रम आयोजना गरिएको झापा फुटवल क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए । झापा उत्सवमा सवै बर्गका ब्यक्तिहरुको उपस्थिति रहने उनले बताए । 

कार्यक्रमको मुख्य प्रायोजकका रुपमा यति ब्रुअरी रहेको छ । कार्यक्रममा मुख्य प्रायोजकका तर्फबाट शंकर लुइटेल, सह प्रायोजकका तर्फबाट पेरिविङक सर्भिस प्रालिका दिपेश घले, क्लवका मेनेजर प्रेम गुरुङलगायतको उपस्थिति रहेको थियो ।

राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने उक्त कार्यक्रममा  २ दिनको टिकट मूल्य एक हजार रुपैयाँ रहेको जनाइएको छ । कार्यक्रम सम्पन्न गर्न अनुमानित ५०÷६० लाख खर्च हुने आयोजक संस्थाले जनाएको छ ।