• चन्द्र बस्नेत 

झापा ।  

नेपाली आधुनिक संगीतका लोकप्रिय तथा व्यस्त गायक  सबिन राईको एण्ड दि फरो ब्याण्ड भोली कात्तिक ७ गते सोमबार आफ्नो औपचारिक ब्यान्डसहित दर्शकमाझ प्रस्तुत हुने भएका छन् । गायक राईले आफ्नै आधिकारिक ब्यान्डसहित लाइभ कन्सर्ट गर्न लागेका हुन् ।

भोली कात्तिक ७  गते सोमबार झापाको झिलझिलेमा रहेको वाटर किंगडम पार्क एन्ड रिसोर्टमा राईले ब्यान्डसहित प्रस्तुति दिने वाटर किंगडम पार्कका कार्यकारी निर्देशक  सौजन सग्रौलाले जानकारी दिएका छन् ।

नेपाली सुगम संगीतमा फरक स्थान बनाएका गायक राईले यसअघि पनि र्राष्ट्रिय  तथा अन्तरास्ट्रिय  ब्यान्डसहित प्रस्तुति दिई सकेको बताईएको छ। राष्ट्रिय  तथा अन्तर्रास्ट्रिय स्तरमा नै लोकप्रिय छबी बनाएका कलाकार राईको ब्याण्ड  यसअघि नेपालका विभिन्न स्थानमा प्रस्तुति दिइसकेका छन् ।

झिलझिलेमा उनले ब्याण्डको म्युजिकसँगै पुराना तथा नयाँ गीतहरु गाउँने गायक सबिनले आफ्ना हिट गीतहरुलाई कार्तिक ७ गते को साँझ ५ बजेदेखि हुने कन्सर्टमा प्रस्तुत रहने बताइएको छ । 

उनका पछिल्ला गीतहरु सुन्दरताको तिमी, सुरुवात गरु म, कालो–कालो रातमा,गुराँसको फेद माया जालैमा, कोमल त्यो तिम्रो हातहरु लगायत करीब २ दर्जनबढी चर्चित गितहरु रहेका  छ्न।  कन्सर्टमा समेत सबिन राई नेपाल र विदेशमा अत्याधिक रुचाइएका गायकमा पर्दछ्न्।

सबिनका हालसम्म दर्जनौ गीत  रेकर्ड भएर बजारमा आएका छन् । भोली हुने कन्सर्टमा प्रवेश शुल्क ३ सय रुपैयाँ रहेकोे त्यसमा भित्र लाईभ कन्सर्टका साथै सबै छेत्रको अबलोकन र फोटो सेसन गर्न सकिने बताइएको छ ।  भोलि हुने लाईभ कन्सर्टमा स्थानीय तथा अन्य रास्ट्रिय चर्चित कलाकारहरुको साथ समेत रहने संचालक सग्रौलाले जानकारी दिए।