विर्तामोड ।
सञ्चारकर्मी लीला अनमोल र डा. आशिष भण्डारी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । बिर्तामोडमा आयोजित एक कार्यक्रमकाबिच मंगलबार (आज) उनीहरु पार्टी प्रवेश गरेका हुन् ।
नेपाली कांग्रेस प्रदेश नं–१ का सभापति उद्वव थापाले पार्टी सदस्य र नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी, कांग्रेस कार्यबाहक सभापति केशवराज पाण्डे, सचिव कृष्ण हुमागाई, महाधिवेशन प्रतिनिधि जलकुमार गुरुङ, विर्तामोड नगरसभापति भोजराज सिटौला, नेपाल प्रेस युनियन केन्द्रीय सचिव रेजिना गौतम, झापा अध्यक्ष इन्दु पूर्वेली, लगायतले खदा र अविर लगाएर उनीहरुलाई स्वागत गरेका थिए ।
कांग्रेसको सदस्यता ग्रहण गर्दै सञ्चारकर्मी अनमोल र डा. भण्डारीले गठबन्धन दलको एकताबाट मात्रै संविधान र लोकतान्त्रिक शासनपद्धतिको संरक्षण हुने देखेर आफू कांग्रेसमा प्रवेश गरेको बताएका छन् ।
नेपाली कांग्रेसका कार्यबाहक सभापति केशवराज पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव कृष्ण हुमागाईले गरेका थिए ।


















