• सुदीप गिरी

हल्दिबारी । 

झापा हल्दिबारी गाउँपालिका भित्र रहेका अधिकांश  प्राथमिक र आधाभूत बिद्यालयहरूमा शिक्षक अभाव भएका कारणले पठनपाठनमा समस्या भएको छ। दिपेन्द्र आधारभूत बिद्यालय हल्दिबारी–४ मा शिक्षकको दुईवटा दरबन्दी खाली रहेको तर, शिक्षा समिति संयोजकले बिद्यालय ब्यवस्थापन समितिलाई पूर्णता दिन ढिलाइ गरेपछि लामो समयदेखि शिक्षकको अभाब भएको हो।

स्थानीय तहको निर्वाचन सम्पन्न भएको सात महिना पूरा  हुँदा समेत बिद्यालयहरुमा ब्यवस्थापन समितिका पदाधिकारी चयन गर्न नसक्नु हल्दिबारी शिक्षा समिति बेकामेको भएको एक अभिभावक बताए ।

बिगत ३÷४ वर्ष अगाडि बिद्यालयमा बिधार्थीको संङ्ख्या न्यून रहेको थियो। बिद्यालयमा बिद्यार्थी संख्या बृद्वी गर्न अभिभावक, बिद्यालय ब्यवस्थापन समिति  र शिक्षकहरूको पहलबाट आवत–जावत सुबिधाका लागि स्थानीय श्रोतबाट एउटा बिद्यालय बसको ब्यवस्थापन गरिएको र बिद्यालयलाई संस्थागत बिद्यालयसँग प्रतिस्पर्धा गर्ने उद्वेश्यबाट अंग्रेजी माध्यमबाट पढाउन शुरु गरिएको थियो ।  बिद्यार्थीलाई समेत संस्थागत बिद्यालयकै स्तरमा अध्ययन अध्यापन गरिएको बिद्यालयका प्रधानध्यापक केशवकुमार चुडालले बताए।

हिजो सोमवार (मंसिर १९ गते)  बिद्यालयको स्थलगत निरिक्षणका क्रममा नर्र्सरीमा ४० जना, कक्षा एल केजिमा २७ जना बिद्यार्थी उपस्थित रहेका थिए ।  कक्षा १ ‘क’ मा ३६ जना र कक्षा १ (ख)  मा २० जना उपस्थित रहेका थिए ।  कक्षा २, ३, ४, ५ र ६ मा क्रमश २१, ३०, २३, २० र १४ बिद्यार्थी उपस्थित रहेका थिए  । कक्षा नसरी, एलकेजी  र कक्षा १ मा एक जना शिक्षकले पठन–पाठनमा कठिनाई र असहज अवस्था रहेको देखिन्थ्यो ।  कक्षा ६ सम्म अध्यापन हुने उक्त बिद्यालयमा जम्मा ९ वटा कक्षा सञ्चालनमा छन् तर शिक्षक आठ जना र कार्यालय सहयोगी एक मात्र रहेको निरिक्षणका क्रममा पाइएको थियो । शिक्षक बिरामी पर्दा, मिटिङ्ग, बैठक, गोष्ठिमा जाँदा र कार्यालयको काम गर्दा कक्षामा पठन–पाठन नहुने अवस्था छ। 

अधिकांश  आदिबासी र सिमान्तकृत बिद्यार्थी रहेको त्यस बिद्यालयमा स्थानीय  मेचे भाषाको लागि भाषा शिक्षकको ब्यवस्थापन गरिएको छ। बिद्यालयले आन्तरिक स्रोतबाट हप्ताको एक पटक नृत्य शिक्षकको ब्यवस्थापन मिलाएको र अतिरिक्त क्रियाकलापमा समेत ध्यान पुर्‍याएको बिद्यालयका सूचना अधिकारी अर्जुन भट्टराईले बताए । बिद्यालयमा कम्प्युटरहरूको ब्यबस्था समेत रहेको छ। खानेपानीको धारा जडानका लागि बिद्यालयले आवश्यक कागजात तयार गरी वडा कार्यालयको सिफारिस लिई जलथल खानेपानीमा बुझाएको थियो । खानेपानीले अहिलेसम्म बेवास्ता गरेको बताइएको छ । खानेपानी अध्यक्षलाई फोन गर्दा नठाउने गरेको जानकारी दिइएको छ। अहिले बिद्यालयमा खानेपानीका लागि ट्युवेलको ब्यवस्था रहेको छ।

हालै बिद्यालय सुधारका लागि केके आश्यक छ भन्ने शब्दपत्र डककमको जिज्ञासामा बिद्यालयका प्रधानध्यापक चुडालले भने ‘बिद्यालय ब्यवस्थापन समितिले पूर्णता पाएपछि सहज हुन्छ,  किनकि दुई शिक्षकको दरबन्दी पुरा गर्न सकिन्छ र पठनपाठन सहज हुन्छ, स्कुल बस जीर्ण अवस्थामा छ, अब यो सेसनभरी समेत चल्छ चल्दैन त्यसका लागि समेत बिद्यालय ब्यवस्थापन, अभिभावक र सरोकारबाला संस्था र निकायसँग समुन्वय गरी अर्को बसको ब्यवस्थापन गर्नु चुनौतीपूर्ण देखिएको छ ।’ खानेपानी ब्यवस्थापनका लागि वडा अध्यक्षले सहजता गरी दिने आशा दिएको उनले बताए । बिद्यालयका चार वटा सिसि क्यामरा रहेकोमा एउटा बिग्रेको र उक्त जानकारी सम्बन्धित निकायमा गराएको उनले जानकारी दिए । पालिकाबाट बिद्यालय ब्यवस्थापन खर्च बापतलाई बार्षिक १५ हजार रुपैयाँ प्राप्त हुने गरेको र त्यसले बार्षिक ब्यवस्थापनको खर्च धान्न नसकिएको उनको भनाई छ ।