• सुदिप गिरी 

हल्दिबारी । 

झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर २ मा रहेको नव श्रृजना प्राथमिक विद्यालयको भौतिक अवस्था अत्यन्तै जीर्ण र नाजुक भएको पाईएको छ। विद्यालयको २ कोठे भवनको  छानाको  जस्ता पाताबाट पानी चुहिने अवस्थामा रहेको पाईएको हो । 

साथै बिद्यालयमा घेराबारा समेत नभएको कारण सुरक्षित तरिकाले बिद्यालयमा शैक्षणिक क्रियाकलाप सञ्चालन गर्न नसकिएको साथै बाटोसँगै जोडिएको बिद्यालय भएको कारण मदिरा पिएका ब्यक्तिहरू बिद्यालयमा आईदिने गरेको र  बिद्यार्थीहरू घेराबारा नभएको कारण विद्यालय हाता बाहिर गईदिने  कारण दुर्घटनाको जोखिम रहेको बिद्यालयका प्रधानाध्यापक भीम दाहाल बताउँछन् ।

गत मंसिर २१ गते बुधबार शब्दपत्र डटकमले गरेको स्थलगत अध्ययान अवलोकनका क्रममा बिद्यालयको कक्षा नर्सरीमा १६ जना तथा कक्षा १, २, ३, ४ र ५ मा क्रमश १४, १४, २२, १६ र १३ जना बिद्यार्थी उपस्थित रहेका थिए । कक्षा ४ र ५ अध्ययन गर्ने कोठामा झ्यालको पल्ला नभएकोले घाम पानीको कारण पढ्नमा कठिनाई भएको बिद्यार्थीले बताए। साथै शौचालय पनि अत्यन्तै असुरक्षित, अब्यवस्थित रहेको छ। चमेना गृहसँगै जोडिएको शौचालय त्यो पनि सञ्चालन हुन नसकेको अवस्था छ।

sc2

बिगत केही समय अगाडिदेखि  एक जना शिक्षकको दरबन्दी समेत रिक्त रहेको कारण शिक्षक अभाब भएको बिद्यालयका सूचना अधिकारी कृष्णमाया प्रसाईले बताईन् । शिक्षकको पदपुर्ति गर्न  बिद्यालय ब्यवस्थापन समितिले पूर्णता नपाएको कारण नसकिएको उनले जानकारी दिईन्। हाल विद्यालयमा ३ शिक्षक १ बाल शिक्षक रहेको र विगत वर्षदेखि शिक्षक, विव्यस र अभिभावकको सहयोगमा १ निजि स्रोतमा बाल शिक्षक व्यवस्थापन गरिएको पाईयो ।

विगत वर्षदेखि नै बिद्यालयका समस्याहरूबारे २ नम्बर वडा अध्यक्ष तथा हल्दिबारी गाउँपालिका शिक्षा समितिलाई जानकारी गराएता पनि पालिकाले चासो नदिएको बिद्यालयको आधारभूत समस्याको समेत हल नगरिदिएको बिद्यालयका प्रधानध्यापक भीम दाहालले बताउँदै तत्काल घेराबारा, सुरक्षित शौचालय, पिउने पानी र बाल शिक्षकको प्रबन्ध गरिदिनु सम्बन्धित पक्षको ध्यानाकर्षणका लागि अनुरोध समेत गरे । बिद्यालयका आधारभूत समस्या सम्बोधन नभएको कारण बिद्यार्थी संङ्ख्यामा बृद्वी गर्न नसकिएको उनको भनाई छ।